श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताउनुभएको छ । नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उहाँले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ ।

”अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताउनुभयो । यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायर मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहस गर्न असन्तुष्ट नेता उभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गर्नुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया