वैशाख ६, २०८१ बिहिबार April 18, 2024

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो कपडा लगाउन बन्देज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कुनैपनि कार्यक्रममा कालो कपडा प्रतिवन्ध गरिएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा ओली पक्षीय राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशले मध्यावधि निर्वाचनको स्वागतमा आयोजित बृहत कार्याकर्ता भेलामा सहभागी हुन आएका कार्यकर्ताले लगाएको कालो मास्क, गलवन्दी लगायतका कपडा बाहिर खोलेरमात्रै कार्यक्रमस्थल प्रवेश गराइएको घटनाले अहिले नेपालीहरुमा चर्चाको विषयपनि बनेको छ ।

कालो कपडा लगाउनेलाई सुरक्षाकर्मीले झन्डै १ घण्टा लगाएर गेटमा खानतलासी गरेको थियो । यसअघि ओली पक्षले कार्की बैंकेटमा गरेको कार्यक्रममा पनि कालो कपडा प्रतिवन्ध गरिएको थियो । यसरी ओलीले एकपछि अर्को नियम राख्दा धेरैले यसलाई महत्वकासाथ हेरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया