श्रावण ३, २०८२ शनिबार July 19, 2025

जनताको भावना कुण्ठित हुन पुगेकामा चिन्तित छौँ स् उपप्रधामन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गर्नुभयो । “नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो”, उहाँले भन्नुुभयो, “कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इष्र्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो”, पोखरेलको भनाइ थियो ।

कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिह्न सूर्य प्राप्त गर्ने बताउनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्रको सुन्दरता भनेको निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनबाट जनताले गर्ने फैसलालाई सबैले स्वीकार गर्न तयार हुनुपर्ने बताउनुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार