श्रावण ३, २०८२ शनिबार July 19, 2025

संविधानको गलत टिकाटिप्पणी गर्ने काम भयो : नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टिकाटिप्पणी गर्ने काम भइरहेको बताउनुभएको छ ।

नेपाली कांगेस तनहुँ क्षेत्र नम्बर २ (क) ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उहाँले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गर्नुभयो ।

केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशिल ढङ्गले अगाडि बढ्न नसक्नुको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताउनुभयो । “नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएको थियो । त्यो निर्वाचन जित्नका लागि मात्र थियो”, उहाँले भन्नुभयो ।

कांग्रेसको नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले बताउनुभयो । संसद् विघटनको विरोधमा नेपाली कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँ क्षेत्र नं १ (क) को भानु नगरपालिकास्थित बाइसजाँगरमा, (ख) को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ (क) को खैरेनीटारमा र (ख) को घिरिङमा विरोधसभा सम्पन्न भएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार