श्रावण ३, २०८२ शनिबार July 19, 2025

केपी ओलीसँग मिल्ने कुनै सम्भावना छैन : माधव नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन्।

शुक्रबार संविधान निगरानी समूहद्वारा आयोजित प्रतिनिधि सभा विघटन  संवैधानिक व्यवस्था र चुनौति विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूलाई कतिपयले फेरि ओलीसँग मिल्नसक्ने आशंका गरेको तर त्यसको कुनै सम्भावना नरहेको बताएका हुन्।

‘कतिपयको मनमा आशंका छ, कतै यिनीहरु फेरि मिल्ने त होइनन् ? हामी सबै अप्ठेरोमा पर्ने त होइनौं ? तर, ढुक्क हुनुहोस्, यसको कुनै सम्भावना छैन,’ नेता नेपालले भने, ‘केपी ओलीजी भाँचिन तयार हुनुहुन्छ, झुक्न तयार हुनुहुन्न। केपी ओली भनेको दम्भको एउटा प्रतीक हुनुहुन्छ। उहाँ अहंकारको अर्को संस्करण हुनुहुन्छ। सत्ताको दुरूपयोग गर्ने उहाँको निरंकुश प्रवृत्तिले गर्दा उहाँलाई यो ठाउँमा पुर्‍याएको हो।’

उनले प्रधानमन्त्री ओलीको ‘आफू नै राष्ट्र हुँ’ भन्ने सोचका कारण समस्या उब्जिएको पनि बताए। ‘‘आइ एम द स्टेट’, ‘आइ एम द पार्टी एण्ड एभब द पार्टी’, ‘आइ एम एभब द ल’ भन्ने मानसिकताले उहाँलाई यो ठाउँमा पुर्याएको हो। त्यस्तो प्रवृत्तिलाई हामीले छुट दिने हो भने यो देशमा फेरि यस्तै प्रवृत्तिको व्यक्ति जन्मिनेछन्,’ नेता नेपालले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार