काठमाण्डौंः नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत शनिवार देशभर विरोध प्रदर्शन गर्दैछ । पूर्वघोषित कार्यक्रमअनुसार आज सात सय ५३ वटै स्थानीय तहहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध काँग्रेसले चरणवद्ध रूपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । काँग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
यसअघि काँग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यस्तै पहिलो चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया