श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध र्याली र सभा गरेको छ ।

उक्त पार्टीको काठमाडौं महानगर समितिद्वारा यहाँ आयोजित विरोध ¥याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुुगेर सभामा परिणत भएको थियो । सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाउनुुभयो ।

पूूर्वउपप्रधानमन्त्री सिंहले भन्नुुभयो, “प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुुपर्छ भन्ने लोकतान्त्रिक मूूल्य मान्यतासँग मेल खाँदैन ।” न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफूू विश्वस्त रहेको बताउदै नेता सिंहले भन्नुुभयो, “हल्ला त अनेकाँै चलेका छन्, न्यायमूूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुुग्नुुहुुनेछ , विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ ।” राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उहाँले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गर्नुुभयो ।

सो अवसरमा काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गर्नुुभयो ।

यसैबीच, प्रतिनिधिसभा विघटनको विरोध र पुुनःस्थापनाका लागि माग गर्दै वरिष्ट चिकित्सक डा गोविन्द केसी, पत्रकार नारायण वाग्ले, अधिवक्ता ओम अर्याललगायत नागरिक समाजका अगुुवाले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गर्नुुभयो ।

सवैधानिक सर्वोच्चता र न्यायिक सुुशासन कायम गरियोस्जस्ता नारा लेखिएको प्लेकार्ड लिएर एक घन्टा उभिएर प्रदर्शन गरेपछि डा केसी र पत्रकार वाग्ले जनताको सेवाका लागि गठित सरकारबाट नै संविधानको गलत व्याख्या र प्रयोग भएकाले न्यायालयबाट संविधानको संरक्षण र सही व्याख्या होस् भन्ने अपेक्षा गरिएको बताउनुुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार