श्रावण ४, २०८२ आइतबार July 20, 2025

विप्लवका नगर इन्चार्जसहित तीनजना नेता-कार्यकर्ता टीकापुरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीको टीकापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगर इन्चार्जसहित तीनजना नेता-कार्यकर्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

विप्लब समुहले आज पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभर बन्दको आह्वान गरेको छ । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन् ।

कैलालीमा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्‍याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी, अत्तरिया लगायतका बजारहरु भने बन्द रहेका छन् ।

केही दिन अघि प्रतिबन्धित चन्द समुहका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका थिए। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई ललितपुरबाट पक्राउ गरेका थिए ।

कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेका थिए । आफ्ना नेता कार्यकर्ता पक्राउ परेछि विप्लव समुहले माघ १० गते (आज)नेपाल बन्द गर्ने घोषणा सहित विज्ञप्ती जारी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया