श्रावण ४, २०८२ आइतबार July 20, 2025

सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनुपर्छः नेता खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनेमा आफू विश्वस्त रहेकोे बताउनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आज नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य केवी भण्डारी, बेनीनगर सभापति अनोद श्रेष्ठ, युवा व्यवसायी भिम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर सङ्घका अध्यक्ष हिरा पुन, महिला सङ्घ अध्यक्ष विमला गौचन, तरुण दल प्रदेश (क) का संयोजक असल केसीलगायतले प्रतिनिधिसभाको विघटन संविधानको मर्म विपरित भएको आरोप लगाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया