श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपाले भोलि बुटवल तताउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा बिघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा (बहुमत) ले भोलि बिहीबार बुटवलमा बृहत जनसभा गर्ने भएको छ ।

लोकतान्त्रिक जनअधिकार र संविधानको रक्षाका लागि भन्दै मुलुकका विभिन्न स्थानमा जनसभा गर्ने निर्णय गरेको नेकपाले पूर्वघोषित कार्यक्रम अन्तर्गत सभा गर्न लागेको हो ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै आन्दोलनमा उत्रिएको नेकपा अहिले तेस्रो चरणको आन्दोलनमा छ। जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया