श्रावण ४, २०८२ आइतबार July 20, 2025

निर्वाचन आयोगले नेकपाका दुवै खेमालाई छलफलका लागि बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै खेमालाई छलफलका लागि बोलाएको छ ।

आयोगले आज(शुक्रबार) बिहान साँढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको हो ।

छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच पाँच जना व्यक्तिलाई बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया