काठमाण्डौः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिकाद्वारा शहीद दिवसको अवसरमा आज व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले लोकतन्त्रको दिगो ढङ्गले विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
“लोकतन्त्रको विकासका लागि शहीदले ठूलो योगदान दिएका छन्, ज्यानको आहूति दिएका छन् । शहीदलाई सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।”
राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आवश्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा पूर्वमन्त्री समेत रहेका डा महतले जोड दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया