श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रतिनिधि सभा विघटनविरुद्धअनेरास्ववियूद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा (विज्ञप्ती) सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियूले तेस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको हो।

अनेरास्ववियूले घोषणा गरेका विरोध कार्यक्रम अन्तर्गत माघ १६ गते (आज) सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र दिने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिने लगायत रहेका छन्।

यसैगरी, माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र युवा मार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका कार्यक्रम रहेका छन्।

यस्तो छ अनेरास्ववियुले जारी गरेको प्रेश विज्ञप्तिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया