श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रचण्ड-माधव समुहको निर्वाचन आयोगलाइ पत्राचार – माघ १८ गतेसम्म छलफल नगरौं (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  नेपाल कँयुनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले छलफलको समय केहि दिन सार्न आग्रह गरेको छ। नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्नप्रचण्ड माधव समूहले निर्वाचन आयोगलाई आग्रह गरेको हो।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो।

तर अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने प्रचण्ड माधव समूहले बताएको छ। प्रचण्ड माधव समूहका नेताहरु आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया