श्रावण ४, २०८२ आइतबार July 20, 2025

संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ – वरिष्ठ नेता महतो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी नेपाल जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ ।

सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उल्लेख गर्दै ७० वर्षका अवधिमा जनताको भन्दा प्रमुख राजनीतिक दलका नेतृत्वको स्वार्थका कारण सात वटा संविधान आएको बताउनुभयो ।

पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद् विघटनले विधिको शासन उल्लङ्घन भएको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिरलगायतले जसपा प्रगतिशील र नवीन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशिताका सवालमा पार्टी गम्भीर रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार