वैशाख १३, २०८१ बिहिबार April 25, 2024

संवैधानिक आयोगमा ३२ जनाको नियुक्ती तथा शपथ (नामावलीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संवैधानिक निकायहरुका विभिन्न रिक्त पदमा ३२ जना पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद् बैठकको सिफारिस बमोजिम विभिन्न ११ संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगदेखि थारु र मुस्लिम आयोगसम्म गरी ३२ जना पदाधिकारी तथा सदस्यहरुको नियुक्ती गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार अख्तियार दुरुपयोग आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्तहरुको नियुक्ती भएको छ । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, आयुक्तहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएका छन् ।

त्यस्तै निर्वाचन आयोगमा रिक्त दुई आयुक्तहरुमा रामप्रसाद भण्डारी र डा. जानुकादेवि तुलाधरलाई नियुक्त गरिएको छ ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्षसहित ५ जनालाई नियुक्त गरिएको छ । आयोगको अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा डा. सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिलिहजुर बस्न्यात रहेका छन् ।

नियुक्त भएका सबै प्रमुख तथा पदाधिकारीहरुले बुधबारै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया