काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)का नेता तथा सभासद डा. शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका यादवलाई प्रधानमन्त्रीको सरकारी निवाश वालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । डा. यादव महोत्तरीका स्थायी बासि हुन् । प्राप्त उपलव्धिलाई संस्थागत गर्ने पर्ने आवश्यकताले आफु ओली समूहमा प्रवेश गरेको उनले बताएका छन्।
प्रवेश लगत्तै उनले भने, ‘मैले उपेन्द्र यादवलाई धेरै सहयोग गरे, उहाँको सहयोगी भएर काम गरेँ तर उहाँले मलाई कहिले स्वीकार गर्नुभएन, उपेन्द्र यादवको रवैयाका कारण पार्टी छाडेको हुँ अरु कुनै कारण छैन ।’
साथै उनले जसपा नेपालका थुप्रै नेताहरु निकट भविष्यमा नेकपा ओली समूहमा प्रवेश गर्न लागेको समेत दावी गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया