श्रावण ३, २०८२ शनिबार July 19, 2025

मानसिक रोगका बिरामी बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । देशमा फैलिएको कोभिड महामारीपछि पाटनमा त्यस रोगका बिरामी बढ्न थालेका हुन् ।

देशमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० शैय्या व्यवस्था गरेको छ, यी शैय्या अहिले सधैंजसो भरिभराउनै हुन्छन्, सानो बच्चामा याे रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समूहका मानिस आउने क्रम बढेको छ ।’

विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । यस अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखेर उपचार सेवा दिन सुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो ।

मङ्सिर पहिलो हप्ताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा अहिले लगभग एक हजारले याे सेवा लिन थालेका डा शाक्यको भनाइ छ ।

अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले औंल्याउनुभयो । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार