काठमाण्डौंः नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन गर्ने ओली सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणमा थप गम्भीरता राख्दै आन्दोलनका लागि सबै दलसँग अपिल गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आएको बताएका छन् ।
संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं भन्दै उनले संसद विघटनविरुद्ध उभिएका सबै राजनितिक दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं’ भनेका छन् ।
त्यस्तै प्रवक्ता शर्माले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने पनि बताएका छन् । कांग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फाल्गुन ३ गते ७७ वटै जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने पनि उनले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
यस अघि कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध भन्दै प्रदर्शन गरेको थियो । भोलि शनिबार पनि शुभेच्छुक संस्थाहरुको प्रदर्शनको कार्यक्रम रहेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया