श्रावण ४, २०८२ आइतबार July 20, 2025

कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

उहाँले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भन्नुभयो, “त्यसैले अब म आफै कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु,” उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुदैन ।”
उहाँले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताउनुभयो । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन ।

हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ ।” उहाँले भन्नुभयो, “हाम्रो पार्टी राजनीतिक संगठनमात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।” युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले निर्वाचन घोषणा गरिसकेकाले युवा संघ निर्वाचनकेन्द्रित हुनुपर्ने बताउनुभयो ।

बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई जिम्मेवारीमुक्त गरेको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार