श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पश्चाताप गर्न प्रचण्डको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका छन्।

बुधबार राजधानी काठमाण्डौं स्थित प्रदर्शनीमार्गमा आयोजित शक्ति प्रदर्शन सभामा बोल्दै प्रचण्डले भने, ‘तपाँईसँग अझैपनि सानो ठाउँ छ । राजीनामा दिएर पश्चाताप गर्नुस्।’

केपी ओली जनताको शरण छाडेर भगवानको शरणमा पुगेको भन्दै प्रचण्डले भने, ‘हाम्रो भगवान जनता हुन् । हामी तपाँईहरुको शरणमा छौँ।’

दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले काइते कुरा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र दाहाल-नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गरिरहेका छन्।

तर आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता दिईएको छैन। प्रधानमन्त्री ओली मंगलबार आयोग पुगेर आफू नेतृत्वको पार्टी नै नेकपा भएको बताएका थिए। उक्त अभिव्यक्तिप्रति आज प्रचण्डले आज काठमाडौँमा आयोजित विरोध सभाबाट भने, ‘निर्वाचन आयोग काइते कुरा नगर। खुट्टा नकमाऊ।’

संवैधानिक निकायमा बसेकाहरूले गल्ती गरेमा जनताले दुस्ख पाउने प्रचण्डको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार