काठमाडौंः नेकपा केपी शर्मा ओली समुहले फाल्गुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ ।
उक्त पक्षका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलका अनुसार बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको छ ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सभामा पूर्व जनमुक्ति सेनाको पनि सहभागिता रहेको जानकारी दिए । प्रधानमन्त्रीलाई दलले नियन्त्रण गर्न खोज्दा प्रतिनिधि सभा विघटन भएको पोखरेलले जनाए । आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया