श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रदेश नं. १ को जनसभालाई प्रधानमन्त्री लगायत शिर्ष नेताले सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ स्तरीय जनसभालाई सम्बोधन गर्ने हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा १ नम्बर प्रदेश कमिटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
आगामी फागुन ८ गते शनिवार प्रधानमन्त्री सहित सो पार्टीका शीर्ष नेताहरूले जनसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले वताउनुभयो ।
सभालाई गृहमन्त्री रामवहादुर थापा “बादल” तथा अर्का पार्टी नेता सुवास नेम्वाङ सहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रदेश स्तरीय जनसभामा  १ लाख ३६ हजारभन्दा बढीको  सहभागिता हुने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र गौतमले बताउनुभयो ।
अस्थिरता, अराजकता, विखण्डन र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध हाम्रो अभियान, संविधान राष्ट्रिय स्वाधीनताको रक्षा तथा समृद्धि स्थायित्वका लागी ताजा जनादेश हाम्रो आव्हान भन्ने मुल नाराका साथ जनसभाको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसका लागी १ हजार १ सय मुल समारोह समिति समेत गठन गरिएको गौतमले बताउनुभयो । जनसभा पुर्व मोटरसाइकल ¥याली तथा मार्चपास अभियान समेत सञ्चालन गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार