श्रावण ४, २०८२ आइतबार July 20, 2025

देशमा राजनीतिक सङ्कट उत्पन्न – अध्यक्ष थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताउनुभयो । उहाँले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाउनुभयो ।

उहाँले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको संवद्र्धन गर्न र आर्थिक सुमृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकरात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार