श्रावण ४, २०८२ आइतबार July 20, 2025

एकाएक प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : मन्त्री रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राख्नुभयो ।

उहाँले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पुर्याएको बताउनुभयो । “मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु तर मान्नुभएन”, उहाँले भन्नुभयो, “कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।”

दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह गर्नुभयो । “उल्टो दिशामा हिँडनेहरुसँग कोही जानेवाला छैनन्, बरु सो समूहका धेरै नेताहरु मूल पार्टीमा आउँदैछन् ।”

पछिल्लो समय नेपाली कांग्रेससहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गर्नुभयो ।

भेलामा प्रेस सङ्गठनका इञ्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा सङ्गठन क्रियाशील रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

सो सङ्गठनका केन्द्रीय संयोजक गणेश बस्नेतले अराजकताविरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै संविधानसभाले निर्माण गरेको संविधानविरुद्ध लाग्नेलाई प्रेस सङ्गठनले समर्थन गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

भेलामा सङ्गठनका पूर्वाध्यक्ष राजेन्द्र अर्याल, सङ्गठनका नेताहरु प्रमोद दाहाल, गणेश पाण्डे, बालकृष्ण बस्नेत, पार्वती पाण्डे, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव उजीर मगर, नेकपाको प्रदेशका प्रचार विभाग प्रमुख झपेन्द्र जिसी, सङ्गठनका प्रदेश सहसंयोजक प्रदीप आचार्यलगायतले उक्त सङ्गठनलाई एकताबद्ध र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । भेलाले प्रदेश कमिटी विस्तार गर्ने र विभिन्न जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार