श्रावण ४, २०८२ आइतबार July 20, 2025

काँग्रेसद्वारा बैतडी घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग विज्ञप्ती सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नेकपाको सत्तानिकट समूहबाट नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको निन्दा गरेको छ ।

पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा. डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथी घाइते भएका र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माले सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भूमिका खेलेको पार्टीको ठहर रहेको जनाउँदै यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिएका छन् । साथै, डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्न का०ग्रेसले सरकारसँग माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार