काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।
शनिबार सो समुहका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको बताएका छन् ।
यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकार सँग सम्बाद र वार्ताको लागी आफुहरु सकारात्मक रहेको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया