काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले संसद् पुनर्स्थापना भएपछि नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय भएको ठहर गरेकाे जनाएको छ। पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यस्तो प्रतिक्रिया जनाएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको छैन, संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ।’
फैसलाले संविधानलाई लिकमा ल्याएको र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्तालोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको विज्ञप्तिमा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया