काठमाण्डौंः नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक आज बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा अपरान्ह तीन बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताईएको छ ।
बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको भावी रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावल गायतका विषयमा छलफल हुने पौडेलले बताए ।
प्रचण्ड- माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया