श्रावण ४, २०८२ आइतबार July 20, 2025

तोकिएकै समयमा केन्द्रीय कमिटी र संसद् बैठक बोलाउने स्थायी कमिटीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकिएकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ।

ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको बैठक पश्चात उक्त समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

यस्तै स्थायी कमिटी बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। बैठकपछि प्रवक्ता ज्ञवालीले प्रतिनिधि सभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णयसमेत भएको बताए।

बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनस्र्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ज्ञवालीले आवश्यक परामर्शपछि राजीनामा आउने समेत बताएका छन्।

यद्यपि संसदीय खेलले मुलुक बन्दक हुने अवस्था हुने भन्दै तत्काल राजीनामा नदिने पनि उहाँले प्रस्ट पारे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार