काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादको मुद्दामा बहस सकिएको छ । नेकपाको नाम दाबी गर्दै पार्टीका अध्यक्ष ऋषी कट्टेलले दायर गरेको रिटमाथिको बहस बिहीबार सकिएको सर्वोच्च अदालतले जनाएको छ ।
उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो । सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने जनाइएको छ ।
सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया