श्रावण ४, २०८२ आइतबार July 20, 2025

फेरि पनि मध्यावधि चुनावमा जान सक्छौंः उर्जामन्त्री रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । नयाँ सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए।

नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना छ । यो परिस्थिति एक नम्बरमा छ ।’

ओलीले नेतृत्व गरेको पार्टी संसदको सामना गर्न तयार रहेको भन्दै उनले चार विकल्प सुनाए ।

प्रचण्ड–माधव समूहले अरु पार्टीको नेतृत्वमा सरकार बनाउने, ओली समूह र अर्को पार्टी मिलेर सरकार बनाउने । उनले ओली र कांग्रेस मिलेर सरकार बन्न सक्ने पनि बताए ।

यस्तै तेश्रो विकल्प नेकपा एकीकृत भएर वर्तमान सरकारलाई निरन्तरता दिने र अन्तिम विकल्प अविश्वासको प्रस्ताव फेल हुने र ओली सरकारले नै निरन्तरता पाउने उनले बताए।

प्रचण्ड–माधव समूहले सरकार बनाउने सम्भावना नरहेको, अर्को पार्टी पनि तयार नभएको अवस्थामा ओली सरकारले नै निरन्तरता पाउन सक्ने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार