श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेकपा प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, बर्खास्तीमा परे देव गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

शुक्रबार नेकपा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले यसअघिका संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भट्टराईलाई प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सल्लाहाकार  थापाले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिँदै नवनियुक्त भट्टराईलाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार