काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार बिहान सिंहदरबार स्थित संसदिय दलको कार्यालयमा दुईघण्टा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न छिट्टै बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वाेच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न आजै बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया