श्रावण ४, २०८२ आइतबार July 20, 2025

हामीले वैधानिकता पाउँछौं : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ ।” नेकपा निकट पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणासभालाई आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोही भ्रममा पर्नुपर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।”

निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको दाबी गर्दै उहाँले आयोगले केही दिनमै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अब छिट्टै नयाँ सरकार बन्छ र त्यस सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिनेछ ।”

उहाँले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयलाई नमान्ने र आफू सर्वेसर्वा भएको घमण्ड गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएको आरोप लगाउनुभयो ।

उहाँले पार्टीभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभयो । अध्यक्ष दाहालले नेकपाको मूल पार्टीको मान्यता र निर्वाचन चिन्ह आफूहरुले नै पाउने र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको दाबी गर्नुभयो । उहाँले अब केही दिनमै दलबीच एउटा समझदारी बन्ने र मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्नेमा जोड दिनुभयो । पेसागत महासङ्घ र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकताको घोषणा गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार