श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउँछौं : माधकुमार नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

फाउण्डेशनका संरक्षक रहेका अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार विसं २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको रु तीन लाख रकम अहिले रु ३० करोडबाट भएबाट जनताको मुहारमा खुशी आएको धारणा राखे। उनले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गरेको स्मरण गरे।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्युताइदिनु जनता र सत्यको जीत भएको धारणा राखे। उनले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरे।

फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे अधिकारीकी छोरी लीमा अधिकारी, प्रा भेषप्रसाद धमला र सुरेशराज शर्माले स्व अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोध भएको व्यक्तित्व भएको बताए। सो अवसरमा २३ अग्रज कम्युनिष्ट नेता र १२५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार