श्रावण ३, २०८२ शनिबार July 19, 2025

शहीदको आत्माको शान्तिका लागि महायज्ञको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ज्ञात अज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गर्नुभएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा विद्रोही र सरकार पक्षबाट बलपूर्वक मारिएका ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि देशभरका सबै जिल्लाका प्रमुख नदीमा एकै दिन महायज्ञ गर्नुपर्ने मागका साथ सरस्वतीले मङ्गलबारदेखि अन्न त्याग गर्नुभएको हो ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठन काठमाडौँको अध्यक्षसमेत रहनुभएका स्वामी सरस्वतीले ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि अन्न त्यागको घोषणा गरेको उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व हिन्दू महासङ्घ, नेपाल धर्म संस्कृति सङ्गठनको केन्द्रीय समिति र जगद् गुरु मोहनशरण देवाचार्यले समेत उक्त माग गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । देशभर एकसाथ यस्तो महायज्ञ आयोजना गरे मात्र देशमा शान्ति कायम हुने सरस्वतीले विश्वास व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया