श्रावण १२, २०८१ शनिबार July 27, 2024

शुल्क फिर्ताको माग गर्दै मेडिकल कलेजका विद्यार्थी रिले अनसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् ।

विद्यार्थीका माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको विद्यार्थीले बताएका छन ।

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनसन बसेका छन् । रिले अनसनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी छन् । ‘माग पूरा नभएसम्म रातिसमेत बस्ने गरी रिले अनसन शुरु गरेका छौं,’ आन्दोलनरत एक विद्यार्थीले भने, ‘सरकारले बढी लिइएको शुल्क फिर्ता गर्न निर्देशन दिँदा पनि कलेजले अटेरी गरेको छ ।’

माग पूरा गर्न दबाब दिन विद्यार्थीहरुले चार दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दी कायमै रहेपनि कलेजले प्रशासनिक काम नरोकेर आन्दोलनलाई बेवास्ता गरेकाले रिले अनसन बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ ।
युनिभर्सल मेडिकल कलेजमा कात्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।

सरकारको निर्देशन पालनामा कलेजले अटेर गरेपछि रिले अनसनसँगै अतिरिक्त शुल्क फिर्ताको लागि पहल गरिदिन माग गर्दै सबै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अलग(अलग निवेदन दिने तयारी पनि गरेका छन् ।

विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोकेअनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्डअनुसार वृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विभेद गर्न नपाइनेलगायतका माग राखेका छन् ।

सरकारले बढी असुल गरिएको शुल्क १५ दिनभित्र फिर्ता गर्न यही आइतबार दोस्रोपटक मेडिकल कलेजहरुलाई अल्टिमेटम दिएको छ । यसअघि असोज ६ गते एकमहिने अल्टिमेटम दिएको थियो । सरकारको निर्णय अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने सरकारको चेतावनी छ ।

काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ ।

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ ।

युनिभर्सल मेडिकल कलेजले एमबीबीएस विद्यार्थीसँग मात्र नभई बीडीएस, नर्सिङ र प्यारामेडिक्स पढ्ने विद्यार्थीसँग पनि सरकारले तोकेभन्दा बढी शुल्क असुलेको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार