बैसाख १५, २०८३ मंगलबार April 28, 2026

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ ।

यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन । गृहमन्त्रालय स्रोतले भन्यो, ‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुन्छ, सीमा विवादको विषयमा भने छलफल गर्ने एजेण्डा अहिलेसम्म बनेको छैन ।’

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपालीको आक्रोश बढेको छ । सरकारलेसमेत कालापानी, लिपुलेकलगायत भारतले मिचेको भूभाग नेपालकै भएको भन्दै भारतको नक्सा सच्याउन कूटनीतिक पहल गर्ने बताएको छ । सरकारको यो कामलाई सबै राजनीतिक दलले साथ दिने आश्वासनसमेत दिएका छन् । तर, भारतले भने आफूले जारी गरेको नक्सा सही भएको दाबी गर्दै आएको छ ।

सीमा विवाद फेरि एकपटक चर्किएको बेला बस्न लागेको सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् । बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरेका छन् । सो प्रस्ताव गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।

‘सशस्त्र प्रहरीले तयार पारेको एजेण्डालाई थप परिस्कृत बनाएर परराष्ट्र मन्त्रालयमा पठाएका छौं,’ गृहमन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार सो प्रस्तावमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषय उल्लेख छन् ।

हरेक वर्ष आयोजना हुनुपर्ने नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक २०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक आउँदो मंसिर पहिलो साता पोखमा बस्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार