जेठ १८, २०८० बिहिबार June 1, 2023

कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका छन् ।
नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताएका छन ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताएका छन ।

ओलीले भने ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताएका छन । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताएका छन ।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार