श्रावण ३, २०८२ शनिबार July 19, 2025

सामाजिक दूरी कायम गर्दै बागलुङ कालिकामा पूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।

वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गापूजा शुरु भएसँगै भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी गराइएको छ ।

नेपालका धेरै शक्तिपीठमध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानका रूपमा चिनिन्छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रसिद्ध शक्तिपीठ भएकाले बडादशैँ र चैतेदशैँमा हजारौँ भक्तजनको भीड लाग्छ । आजै १५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिए । भक्तालुको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिरको व्यवस्थापन गरेको छ । सामाजिक दूरी कायम गराउन स्वयंसेवक परिचालन गरिएको छ । पूजापाठ र बलिका लागि छरितो बनाइएको छ ।

भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातको पार्किङ, सरसफाइ र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी भएका छन् । कोरोनाको जोखिमलाई कम गर्न ज्वरो नापेर मात्रै मन्दिर प्रवेश गराइएको छ ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ ।

मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवनसहित देशभरका विभिन्न स्थानबाट कालिकाप्रति धेरै विश्वास मान्ने दर्शन गर्न आउँछन् । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताए ।

बडादशैँ र चैतेदशैँमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन । त्यतिबेला हजारौँ भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिल्यै पनि खोलिँदैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार