श्रावण १२, २०८१ शनिबार July 27, 2024

एक वर्षमा एडीबीद्वारा नेपालका लागि ५६ अर्बका परियोजना स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एसियाली विकास बैंकले पछिल्लो एक वर्षमा नेपाललाई ५६ अर्ब रुपैयाँ (४८ करोड ८० लाख डलर) माथिका नयाँ परियोजना स्वीकृत गरेको छ । यसमध्ये १३ करोड डलरको एक परियोजनामा हस्ताक्षरसमेत भई कार्यान्वयन सुरु भइसकेको छ ।

एडीबीको तथ्यांकअनुसार सन् २०१९ भित्र आएका नयाँ परियोजनामध्ये शहरी क्षेत्रको खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाका लागि १३ करोड डलर बराबरको नयाँ परियोजना कार्यान्वयनमा आएको हो । यस परियोजनाले २० नगरपालिकामा समुदायमा आधारित खानेपानी तथा सरसफाईमा लगानी गर्दैछ ।

अन्य परियोजना भने सेप्टेम्बर र अक्टोवर २०१९ मै स्वीकृत भएका हुन् । बागमती नदिको सुन्दरता कायम राख्न दोस्रो चरणको परियोजनाका लागि ६ करोड ३० लाख डलर (करिब ७ अर्ब २४ करोड रुपैयाँ) बराबरको रकम स्वीकृत भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाको १९ करोड ५० लाख डलर (करिब २२ अर्ब ४२ करोड रुपैयाँ) को परियोजनालाई समेत यसै अवधिमा स्वीकृत गरिएको थियो । यो रकम यस सडक खण्डलाई चार लेनमा स्तरोन्नती गर्न उपयोग हुनेछ ।

अक्टोवर २०१९ मा खाद्य सुरक्षा र कृषिको व्यवसायीकरणमा ५ करोड डलर (५ अर्ब ७५ करोड) रुपैयाँ स्वीकृत भएको छ । यो रकम नेपालको खाद्य सुरक्षाका उपायमा सुधार, कृषि व्यापारको मापदण्ड निर्माण तथा कृषिको व्यवसायीकरण प्रवर्द्धनको काममा खर्च हुने भएको छ ।

११ नोभेम्बर २०१९ मा ग्रामिण उद्यमलाई वित्तीय सहयोग गर्ने सम्बन्धी परियोजनाका लागि समेत ५ करोड डलर (५ अर्ब ७५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको बैंकको तथ्यांकमा उल्लेख छ ।

वार्षिक औसत ६० करोड डलरका परियोजना

एसियाली विकास बैंकले सन् २०२० देखि २२ सम्म तीन वर्ष औसत वार्षिक ६० करोड डलरका परियोजना कार्यान्वयनको लक्ष्य राखेको छ । नेपालसम्बन्धी एडीबीको रणनीतिले समेत उक्त लक्ष्य राखेको हो । तर, यसका लागि भने परियोजनाको पूर्वतयारीको काम बेलैमा सकिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सुरु भएका परियोजनाको कार्यान्वयनले गति लिनु पर्ने र समस्या आइपर्दा त्यसको समाधानमा सरोकारवाला बीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने बैंकको भनाइ छ । परियोजना कार्यान्वयन गर्ने निकायले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्ने र कर्मचारीको क्षमतामा उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता देखिएको एडीबीले उल्लेख गरेको छ ।

परियोजना कार्यान्वयन सुस्त

एडीबीको सहयोगमा कार्यान्वयनमा रहेका परियोजनाको प्रगति भने उत्साहजनक छैन । सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर) सम्म ठेक्का सम्झौता र सोधभर्नाको प्रगति सोचे जति नभएको एडीबीको भनाइ छ । एडीबी र अर्थ मन्त्रालयको आयोजनामा बुधबार त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकको सार्वजनिक विवरण अनुसार यस अवधिमा लक्ष्यको ५३ प्रतिशत मात्र ठेक्का सम्झौताको प्रगति देखिएको छ । सोधभर्नामा समेत परियोजनाहरुले अपेक्षित प्रगति गर्न सकेका छैनन् ।

लक्ष्यअनुसार काम हुन नसक्नुले आयोजना कार्यान्वयनमा चुनौती थप्ने नेपालका लागि एडीबीका कन्ट्री म्यानेजर मुख्तर खामुदखानोभ बताउँछन् । खासगरी नेतृत्व र कार्यान्वयन प्रक्रियामा गरिएको सुधारले एउटा परियोजनामा कति फरक पार्छ भन्ने एक उदाहरण भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिले देखाउने उनको भनाइ छ ।

उक्त अवसरमा राजस्व सचिव शिशिर ढुंगानाले आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा अर्थ मन्त्रालय र टीमले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसक्रममा कुनै समस्या आए समाधानमा मन्त्रालय तत्पर हुने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार