श्रावण ३, २०८२ शनिबार July 19, 2025

समाधिस्थलमा सामूहिक क्षमापूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मेचीनगर नगरपालिकाले डोजर लगाएर भत्काएको काँकरभिट्टास्थित किराँत समाधिस्थलमा आज बिहान सामूहिक क्षमा पूजा गरिएको छ ।

विभिन्न जातजातिका समाधिस्थल भत्काइएपछि आ–आफ्ना धर्म गुरुमार्फत पितृहरुको आत्माको चिरशान्तिका लागि सामूहिक क्षमा पूजा गरिएको हो । सो स्थानमा लिम्बू, राई, तामाङ, क्षेत्रीलगायत विभिन्न जातजातिका समाधि रहेका थिए ।

नगरपालिकाले सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट (बिओपी) स्थापनाका लागि पाँच दिनअघि आदिवासी जनजातिहरुको सहमति विनै २०० समाधि रहेको स्थानमा डोजर लगाएर भत्काएको थियो । समाधिस्थल भत्काएपछि किराँत समुदाय आक्रोशित बनेको छ ।

आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरका अध्यक्ष ओमप्रसाद खापुङको संयोजकत्वमा उनीहरुले २१ सदस्यीय सङ्घर्ष समिति नै गठन गरेका छन् । समितिमा नगरभित्र रहेका विभिन्न जातीय समुदायको अध्यक्षहरु र पीडित परिवारका तर्फबाट छजनालाई सदस्यमा राखिएको संयोजक खापुङले बताउनुभयो । उहाँले सो स्थानमा किरात समुदायले आजै बाँसको घेराबार लगाइएको बताउनुभयो ।

“पीडित परिवारको माग समाधिस्थल पुनःस्थापना हुनुपर्छ भन्नेछ”, उहाँले भन्नुभयो, “नगरप्रमुख विमल आचार्यलाई हाम्रा माग राखेर ज्ञापनपत्र बुझाएका छौँ । उहाँले दुःख व्यक्त गरेर विज्ञप्ति त निकाल्नुभयो तर मागको सम्बोधन भएको छैन ।”

उहाँले नगरपालिकाले धार्मिक आस्थमाथि नै डोजर चलाएको आरोप लगाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार