श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रधानमन्त्री ओलीको माया र सद्भावले राज्यमन्त्री बन्ने अवसर पाए : राज्यमन्त्री दुगड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ ।’ राज्यमन्त्री दुगडले आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने बताएका छन ।

उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताएका छन ।

उनले भगवान साक्षी राखेर घुस नखाने पनि प्रण गरेका छन । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताएका छन । ‘मलाई सबै कुरा पुगेको छ यहाँ आएर केही पाउनु छैन । कर्मचारीले साथ दिनुस् । उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार