काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्री भेटन् मध्यान्ह बालुवाटार पुगेका थिए ।
वरिष्ठ नेता राजेन्द्र महतो सहित बालुवाटार पुगेका ठाकुरले बहुमतिय सरकार बनाएर अघि बढ्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री ओली र ठाकुरबीच साना दलको सहयोग लिएर बहुमतको सरकार बनाएर जाने विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली सोमबार प्रतिनिधीसभामा विश्वासको मत लिन असफल भएपछि विपक्षी दलहरु र प्रधानमन्त्री ओली नयां सरकार गठनको लागी छलफलमा जुटेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया