काठमाण्डौंः नेपाल चिकित्सक संघले ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।
संघका महासचिव डा.बद्री रिजालले आइतबार एक प्रेश विज्ञप्ती जारी गरी आगामी ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार बन्नुपर्ने चेतावनी दिएको छ ।
भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएकाले अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सकका लागि सहज वातावरण बनाउनुपर्ने संघको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया