श्रावण ३, २०८२ शनिबार July 19, 2025

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २ जना तथा दाङ र सल्यानका १र१ जना छन् ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँसगढी ३ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल ५ बर्दियाकी ५८ वर्षीया महिला र बागचौर ८ सल्यानका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर ४ दाङकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट बाँकेका २ सय ८८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २ सय ७९ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया