श्रावण ३, २०८२ शनिबार July 19, 2025

बीरगंजको नारायणी अस्पतालमा थप ३ जना सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बीरगंजको नारायणी अस्पतालमा उपचाररत थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीरगंजको नारायणी अस्पतालमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ मिथिलानगर निवासी ६५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

जेठ ८ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशसकिय अधिकृत विनय श्रीवास्तवले बताउनुभयो ।

त्यसै गरी नारायणी अस्पतालमै उपचारको क्रममा पर्सागढि नगरपालिका वडा नम्बर ८ निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको श्रीबास्तबले बताउनुभयो ।

आजै उपचारको क्रममा नारायणी अस्पतालमै बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

जेठ ८ गते अस्पतालमा भर्ना भएका पुरुषको उच्च निमोनिया रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया