श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोरोना कहरः कर्णालीमा थप ४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये सुर्खेत र दैलेखका २/२जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

प्रदेशभर आज ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना संक्रमितहरु निको भएर घर फर्केका छन् । योसँगै कर्णालीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५,७५१ पुगेको छ । कर्णालीमा सक्रिय संक्रमित ५,७२८ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया