श्रावण ३, २०८२ शनिबार July 19, 2025

काेराेना परीक्षण गर्नेको संख्या ३० लाख ५७ हजार नाघ्यो- सोमबार ४७६२ जना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: सोमबार देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ४ हजार १ सय ७८ र एण्टीजेन विधिबाट ५ सय ८४ गरी कुल ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ६ हजार ४ सय ९१ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा काेराेना संक्रमण निकाे हुने दर ७९.७ प्रतिशत रहेकाे छ। हिजाे याे दर ७९.२ थियाे ।

हालसम्म १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित आइसाेलेशनमा छन् भने ६ सय ८९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १५ हजार ५५ र एन्टीजेन विधिबाट २ हजार ४ सय २५ गरी कुल १७ हजार ४ सय ८० जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या ३० लाख ५७ हजार ४ सय २४ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय १४ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याे संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ। हिजाे १ सय ९ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ७ हजार ३ सय ८६ जना पुगेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार